भ्रष्टाचार नियन्त्रणमा कार्यरत विभिन्न सरकारी निकायहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा नागरिक समाज - ट्रान्सपरेन्सी इन्टरनेशनल, प्रो पब्लिक, रिमेक जस्ता निकायसंग समन्वय एवं सहकार्य गरी भ्रष्टाचार न्यूनिकरण गर्ने कार्यमा केन्द्र क्रियाशील रही आएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट केन्द्रलाई प्राप्त उजूरी उपर अनुसन्धान गरी प्रतिवेदन पठाउने गरेको ।
केन्द्रमा परेका उजूरीहरु छानवीन गर्दा भ्रष्टाचार निवारण ऐन वमोजिम कारवाही गर्नुपर्ने देखिएमा आवश्यक कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने गरिएको ।
भ्रष्टाचार विरुद्ध निरोधात्मक कार्यक्रमहरु (Preventive Measures) संचालन गर्ने सम्बन्धमा नागरिक समाजसंग विचार विमर्श गर्ने गरिएको । नागरिक समाजसँग सहकार्य गर्दै गोष्ठी आयोजना गर्ने गरिएको । |