National Vigilance Centre: Nepal National Flag of Nepal
राष्ट्रिय सतर्कता केन्द्र
अनामनगर, काठमाण्डौं
फोन: ४२२६३८० फ्याक्स: ४२१६७०६
हट लाइन: ४२२४९०१
इमेल: navic@nvc.gov.np
Search
View in Engish click here.
Go to NVC Homepage NCV: Contact Address Send your complaints Send your feedback
» ऐतिहासिक पृष्ठभूमी
» स्थापना र उद्देश्यहरु
» काम, कर्तव्य र अधिकार
» संगठनात्मक संरचना
» कार्यविधि
» सम्पत्ती विवरण र आयको अनुगमन
» प्राविधिक परिक्षण
» केन्द्रका गतिविधिहरु
» केन्द्रको उपलब्धीहरु
» प्रतिवेदनहरु
» केन्द्रको सहकार्य
» केन्द्रको अन्तराष्ट्रिय सम्बन्ध
» अन्य
 
An Appeal from National Vigilance Centre, Government of Nepal.
 
भविष्यका कार्ययोजना:
 
 
  • नेपाल सरकारको उच्च प्राथमिकतामा परेको भ्रष्टाचार निरोधात्मक कार्यक्रमलाईसफल पार्न नागरिक समाज, गैरसरकारी संस्था, अन्तराष्ट्रिय गैरसरकारी संस्थासंग, समेत सहकार्य गरी व्यापक रुपमा भ्रष्टाचार विरुद्ध जनचेतना जगाउन गोष्ठी, सेमिनार, अन्तरकयाका कार्यक्रमलाई अधिराज्यव्यापी बनाउने ।
  • भ्रष्टाचार विरुद्ध जनचेतना अभिवृद्धि गर्न श्रव्य दृश्य सामाग्रीहरु जस्तै टेलिफिल्म, छोटाछोटा जनचेतनामूलक सन्देश , डकुमेन्टरी आदि प्रसारण गर्ने ।
  • सार्वजनिक विकास निर्माण कार्यमा गुणस्तरीयता प्रत्याभूत गर्न प्राविधिक परीक्षण पद्धती (Technical Auditing System) लाई अझ व्यापक वनाउँदै लगी सवै आयोजनाको लागि यो व्यवस्था अनिवार्य बनाउने वातावरण मिलाउन प्रयास गरिने । यस्तो परीक्षणमा उपभोत्ता समूह (Users Group) समेत सहभागी गराउँदै लाने ।
  • सार्वजनिक निर्माण आयोजनाहरुमा गरिने प्राविधिक परीक्षण कार्यलाई आयोजना कार्यान्वयनकै अंगका रुपमा लिई सबै खाले आयोजनाको लागत अनुमान तयार गर्दा प्राविधिक परीक्षण कार्यको लागि निश्चित प्रतिशत रकम समावेस गरी प्राविधिक परीक्षण कार्यमा तीव्रता ल्याउने वातावरण मिलाउन प्रयास गरिने ।
  • यस केन्द्रका कर्मचारीलाई भ्रष्टाचार रोकथामका क्षेत्रमा दक्षता वृद्धि गराईविशेषज्ञीकरण तफ उन्मुख गराउन आवश्यक पर्ने स्वदेशी तथा विदेशी सीप र प्रशिक्षण दिलाउँदै जाने ।
  • अनिवार्य रुपमा संपत्ति विवरण बुझाउनु पर्ने कानूनी दायित्व भएका सार्वजनिक पद धारण गर्ने व्यत्तिहरु सबैको संपत्ति विवरणको अनुगमनको लागि निर्देशिका तयार गरी अनुगमन गर्ने कार्यलाइ व्यापकता दिने ।
  • भ्रष्टाचार रोकथामका लागि जन चेतना जगाउने खालका सवै कार्यक्रम तथा अभियानहरुमा सक्रिय सहभागिता बढाउदै जाने ।
  • रेडियो तथा टेलीभीजन माफत भ्रष्टाचार विरुद्ध जनचेतना अभिवृद्धि मूलक नियमित कार्यक्रम देशभर प्रसारण गर्ने व्यवस्था मिलाउने ।
  • अधिराज्य भरिका सरकारी कार्यालय एवं सार्वजनिक संस्थाबाट संपादन हुने कार्यको नियमित अनुगमन गरी प्राप्त सूचनालाई अभिलेखिकरण गर्ने ।
 
 
ताजा खवरहरु
Prime Minister Madhav Kumar Nepal
प्रधानमन्त्रीद्धारा अवलोकन भ्रमण
सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालद्धारा यस केन्द्रको अनामनगरस्थित कार्यालयको मिति २०६६ साल भाद्र १५ गते अवलोकन भ्रमण गर्नुभयो ।

अत्यन्त जरुरी सूचना

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम र्सार्वजनिक पदधारण गरेका व्यक्तिले र्सार्वजनिक पदधारण गरेको मितिले ६० दिन भित्र र हरेक आर्थिक वर्षसमाप्त भएको मितिले ६० दिन भित्र आफ्नो वा आफ्नो परिवारको नाउँमा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने प्रावधान रहेको र त्यस्तो सम्पत्तिको विवरण र आयको अनुगमन गर्ने जिम्मेवारी सोही ऐनको दफा ३८ को देहाय -ग) बमोजिम यस केन्द्रमा निहित रहेको छ । सो कानूनी प्रावधान बमोजिम यस केन्द्रले त्यसरी बुझाएको सम्पत्ति विवरणको हालसालै अनुगमन गर्दा कतिपय र्सार्वजनिक पदधारण गरेका व्यक्तिहरुमा त्यस्तो विवरण कुन निकायमा बुझाउनु पर्ने हो र कुन निकायले अद्यावधिक गरिराख्नु पर्ने हो भन्नेमा यदाकदा द्धिविधा देखिन आयो । तर्सथ कानूनद्धारा तोकिएको समयभित्र सम्बन्धित निकायमा सम्पत्ति विवरण बुझाउन सहज होस् भन्ने अभ्रि्रायले तत्काल गृह मन्त्रालयको मिति २०५९ भाद्र ३ गते -नेपाल राजपत्र भाग ३, खण्ड ५२ , संख्या १९) को सूचना बमोजिम देहायका र्सार्वजनिक पदधारण गरेका व्यक्तिहरुले देहायका निकायमा तोकिएको समय भित्र तोकिएको ढाँचामा सम्पत्ति विवरण बुझाउने व्यवस्था भएकोले सोही अनुसार सम्बन्धित र्सार्वजनिक पदधारण गर्ने व्यक्तिहरुले सम्बन्धित निकायमा समयमै सम्पत्ति विवरण बुझाउने र व्यवस्थित गरी राख्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सम्पत्ति विवरण कस्ले कहाँ बुझाउने --
Anand Prasad Adhikari

यस केन्द्रका टा.ना.सु.श्री आनन्द प्रसाद अधिकारीलाई आ.ब. २०६५।६६ को केन्द्रका कर्मचारीहरु मध्येबाट कार्यक्षमता तथा उहाँको लगनशीलताका आधार उत्कष्ठ कर्मचारीको रुपमा सम्मान गरीएको छ । उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

रुपन्देही जिल्लाको भैरहवामा, २०६६ बैशाख २४ गते भ्रष्टाचार विरुद्ध जनचेतना अभिबृद्धि गोष्ठी

रुपन्देही जिल्लाको भैरहवामा, २०६६ बैशाख २४ गते भ्रष्टाचार विरुद्ध जनचेतना अभिबृद्धि गर्ने प्रयोजनार्थ गोष्ठी सम्पन्न,

 
सुचनाहरु
सम्पत्ति विवरण अनुगमन सम्बन्धी प्रेस विज्ञप्ति

सम्पत्ति विवरण कस्ले कहाँ बुझाउने --

सूचीकृत गर्ने वारेको सूचना
 
नेपाल बारे जानकारी
राजधानी: काठमाण्डौं
क्षेत्रफल: १,४७,१८१ वर्ग कि. मी.
जनसंख्या: २,६७,६७,५४७ ( इ. सं. २००५ को तथ्याङ्क बाट)
बार्षिक प्रगति प्रतिवेदन २०६३/०६४
 
 
Best view on 1024 x 768 pixels
 मूख्य पृष्ठठेगानागुनासोप्रतिकृया प्रतिलिपी अधिकार २०६६ । राष्ट्रिय सतर्कता केन्दमा सुरक्षित रहने छ ।