National Vigilance Centre: Nepal National Flag of Nepal
राष्ट्रिय सतर्कता केन्द्र
अनामनगर, काठमाण्डौं
फोन: ४२२६३८० फ्याक्स: ४२१६७०६
हट लाइन: ४२२४९०१
इमेल: navic@nvc.gov.np
 
Trekking In Nepal
Search
View in Engish click here.
Go to NVC Homepage NCV: Contact Address Send your complaints Send your feedback
» ऐतिहासिक पृष्ठभूमी
» स्थापना र उद्देश्यहरु
» काम, कर्तव्य र अधिकार
» संगठनात्मक संरचना
» कार्यविधि
» सम्पत्ती विवरण र आयको अनुगमन
» प्राविधिक परिक्षण
» केन्द्रका गतिविधिहरु
» केन्द्रको उपलब्धीहरु
» प्रतिवेदनहरु
» केन्द्रको सहकार्य
» केन्द्रको अन्तराष्ट्रिय सम्बन्ध
» अन्य
 
An Appeal from National Vigilance Centre, Government of Nepal.
 
अन्तराष्ट्रिय सम्बन्ध र सहयोग:
 
 

भ्रष्टाचार रोकथाम एवं नियन्त्रणको लागि विश्वका अन्य मुलुकमा भएका निरोधात्मक एवं प्रवर्धनात्मक व्यवस्था तथा ती मुलुकहरुमा अवलम्बन गरिएको नीति तथा अनुभव गरिएका कुराहरु हाम्रो मुलुकको सन्दर्भमा पनि उपयोगी हुनसक्ने हुंदा केन्द्रले मूलत: यस क्षेत्रका राष्ट्रका भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायहरुसंग सम्पर्क एवं सम्बन्ध विकास गर्दै लैजाने सोच लिएकोमा केन्द्रका छ वटा टोलीले मलेसीया, अष्ट्रेलिया, हङकङ, चीन आदि देशमा वैदेशीक भ्रमण संपन्न गरिसकेका छन् । ती निकायका सम्बद्ध पदाधिकारीहरुसंग अनुभवको आदान प्रदान एवं केन्द्र र ती निकायबीच हुन सक्ने सहयोगका क्षेत्रका बारेमा परामर्श समेत भएको छ ।

अन्तराष्ट्रिय सम्वन्ध विस्तारमा भएका उपलब्धीहरु:
  • केन्द्रका प्रमुख सहितको टोलीले २०६२ जेष्ठ ११ देखि २० सम्म थाइलैण्डको National Counter Corruption Commission (NCCC) र हङकङको Commission Against Corruption (ICAC) भ्रमण गरी ती निकायका सम्बद्ध पदाधिकारीहरुसंग अनुभवको आदान प्रदान गर्दै केन्द्र र यी निकाय बीच हुन सक्ने सहयोगका क्षेत्रहरुका बारेमा परामर्श गरेको ।
  • केन्द्रको ३ (तीन) सदस्यीय टोलीबाट २०६२ श्रावण ९ देखि २० गते सम्म अष्ट्रेलिया र मलेसियाको अध्ययन भ्रमण भई भ्रष्टाचार न्यूनिकरणका क्षेत्रमा कार्यरत विभिन्न निकायहरुसंग अनुभव आदान प्रदान गरी सम्वन्ध विस्तार गरेको ।
 
खवरहरु
पत्रकार सम्मेलनको आयोजना

नागरिक बडापत्रको कार्यान्वयनमा देखिएका समस्याहरु, ठेक्कापट्टामा हुने गरेका केही अनियमितताका झलकहरु, अन्य अनियमितताका केही झलकहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कारवाहिका लागि लेखी पठाएका विषयवस्तुहरु, मा.मन्त्रीज्यूहरुलाई ध्यानाकर्षा गराइएका केही विषयहरु/विवरणहरु, वन फडानी, वन अत्रि्रमण र वन पैदावरको चोरी तस्करी सम्बन्धमा नेपाल सरकार, राष्ट्रिय र्सतर्कता केन्द्रको सभाहल, अनामनगर, काठमाडौंमा २०६७ असार ६, आइतवार पत्रकार सम्मेलन आयोजना गरियो ।

पत्रकार सम्मेलनमा वितरित प्रेस बिज्ञप्ति
Prime Minister Madhav Kumar Nepal
प्रधानमन्त्रीद्धारा अवलोकन भ्रमण
सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालद्धारा यस केन्द्रको अनामनगरस्थित कार्यालयको मिति २०६६ साल भाद्र १५ गते अवलोकन भ्रमण गर्नुभयो ।

अत्यन्त जरुरी सूचना

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम र्सार्वजनिक पदधारण गरेका व्यक्तिले र्सार्वजनिक पदधारण गरेको मितिले ६० दिन भित्र र हरेक आर्थिक वर्षसमाप्त भएको मितिले ६० दिन भित्र आफ्नो वा आफ्नो परिवारको नाउँमा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने प्रावधान रहेको र त्यस्तो सम्पत्तिको विवरण र आयको अनुगमन गर्ने जिम्मेवारी सोही ऐनको दफा ३८ को देहाय -ग) बमोजिम यस केन्द्रमा निहित रहेको छ । सो कानूनी प्रावधान बमोजिम यस केन्द्रले त्यसरी बुझाएको सम्पत्ति विवरणको हालसालै अनुगमन गर्दा कतिपय र्सार्वजनिक पदधारण गरेका व्यक्तिहरुमा त्यस्तो विवरण कुन निकायमा बुझाउनु पर्ने हो र कुन निकायले अद्यावधिक गरिराख्नु पर्ने हो भन्नेमा यदाकदा द्धिविधा देखिन आयो । तर्सथ कानूनद्धारा तोकिएको समयभित्र सम्बन्धित निकायमा सम्पत्ति विवरण बुझाउन सहज होस् भन्ने अभ्रि्रायले तत्काल गृह मन्त्रालयको मिति २०५९ भाद्र ३ गते -नेपाल राजपत्र भाग ३, खण्ड ५२ , संख्या १९) को सूचना बमोजिम देहायका र्सार्वजनिक पदधारण गरेका व्यक्तिहरुले देहायका निकायमा तोकिएको समय भित्र तोकिएको ढाँचामा सम्पत्ति विवरण बुझाउने व्यवस्था भएकोले सोही अनुसार सम्बन्धित र्सार्वजनिक पदधारण गर्ने व्यक्तिहरुले सम्बन्धित निकायमा समयमै सम्पत्ति विवरण बुझाउने र व्यवस्थित गरी राख्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सम्पत्ति विवरण कस्ले कहाँ बुझाउने --
Anand Prasad Adhikari

यस केन्द्रका टा.ना.सु.श्री आनन्द प्रसाद अधिकारीलाई आ.ब. २०६५।६६ को केन्द्रका कर्मचारीहरु मध्येबाट कार्यक्षमता तथा उहाँको लगनशीलताका आधार उत्कष्ठ कर्मचारीको रुपमा सम्मान गरीएको छ । उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

रुपन्देही जिल्लाको भैरहवामा, २०६६ बैशाख २४ गते भ्रष्टाचार विरुद्ध जनचेतना अभिबृद्धि गोष्ठी

रुपन्देही जिल्लाको भैरहवामा, २०६६ बैशाख २४ गते भ्रष्टाचार विरुद्ध जनचेतना अभिबृद्धि गर्ने प्रयोजनार्थ गोष्ठी सम्पन्न,

 
सुचनाहरु
सम्पत्ति विवरण अनुगमन सम्बन्धी प्रेस विज्ञप्ति

सम्पत्ति विवरण कस्ले कहाँ बुझाउने --

संशोधित सम्पत्ति विवरण फाराम
२०६७ असार ६, आइतवार पत्रकार सम्मेलनमा वितरित प्रेस बिज्ञप्ति
सूची दर्ता सम्बन्धी सूचना र फाराम
 
नेपाल बारे जानकारी
राजधानी: काठमाण्डौं
क्षेत्रफल: १,४७,१८१ वर्ग कि. मी.
जनसंख्या: २,६७,६७,५४७ ( इ. सं. २००५ को तथ्याङ्क बाट)
 
Best view on 1024 x 768 pixels
 मूख्य पृष्ठठेगानागुनासोप्रतिकृया प्रतिलिपी अधिकार २०६६ । राष्ट्रिय सतर्कता केन्दमा सुरक्षित रहने छ ।