सम्माननीय प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहने यस केन्द्रको प्रमुखका रुपमा नेपाल सरकारले निजामती सेवाको विशीष्ट श्रेणीको कुनै अधिकृतलाइ प्रमुख अधिकृतका रुपमा तोक्न सक्ने व्यवस्था छ । साथै यस केन्द्रमा आवश्यकता अनुसार नेपाल सरकारका सेवाका कर्मचारीहरु रहने व्यवस्था छ ।
मिति २०५९।४।२७ मा भ्रष्टाचार विरुद्ध निरोधात्मक (Preventive) र प्रवर्द्धनात्मक (Promotional) कार्य गर्न राष्ट्रिय सतर्कता केन्द्र स्थापना गर्ने निर्णय पछि २०५९।०८।११ मा प्रमुख अधिकृत तोकिन गई केन्द्रले कार्यारम्भ गरेको हो ।
यस केन्द्रका प्रमुख अधिकृतको प्रत्यक्ष मातहातमा २ वटा महाशाखाहरु, प्राविधिक परीक्षण महाशाखा र प्रशासन तथा अनुगमन महाशाखा रहेका छन् । यी महाशाखा अन्तर्गत ७ वटा विभिन्न शाखाहरु रहेका छन् ।
राजपत्रांकित विशिष्ट श्रेणीको प्रमुख अधिकृतको पद सहित केन्द्रमा विभिन्न पद र श्रेणीका गरी ५५ जनाको स्थायी दरवन्दी स्वीकृत रहेको छ । उत्त पदहरुमध्ये ३० पद अधिकृतस्तर र २५ पद सहायकस्तरका रहेका छन् । ३० अधिकृत पदमध्ये १६ पद प्रशासनिक र १४ पद प्राविधिक अधिकृतहरुको रहेको छ । यसै गरी सहायकस्तरका कर्मचारीमध्ये १२ पद प्रशासनिक र १३ पद प्राविधिक कर्मचारीहरुको रहेको छ । यसका अतिरित्त चालक, पियन, पाले, स्वीपर, माली गरी जम्मा २० जना श्रेणीविहीन पदको सेवा केन्द्रले करारमा लिन सक्ने गरी दरवन्दी स्वीकृत भएको छ । साथै फाजिलमा परेका ६ जना कर्मचारी र साविक विशेषे प्रहरी विभाग खारेज भई तत्कालीन मन्त्रिपरिषद्को २०६२।१२।०३ को निर्णयानुसार केन्द्रमा ७७ जना प्रहरी कर्मचारी समेत यस केन्द्रमा कार्यरत रहेका छन् ।
|