भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारीरुपमा नियन्त्रण गर्न सूचना संकलन, अन्वेषण एवं भ्रष्टाचार सम्बन्धी प्राप्त जानकारी सम्बन्धित निकायमा लेखी पठाउने जिम्मेवारी केन्द्रलाई सुम्पिए अनुरुप नेपाल सरकारका विभिन्न निकायहरु र सार्वजनिक संस्थाहरुको नियमित रुपमा केन्द्रले अनुगमन गरिरहेको छ । अनियमितता र भ्रष्टाचारजन्य त्रियाकलापहरुका सूचनाहरु विभिन्न माध्यमहरुबाट केन्द्रलाई प्राप्त हुने गरेको छ । यसको लागि केन्द्रमा हटलाइन टेलिफोनको ९४२२४९०१० व्यवस्था गरी सूचना संकलन गर्न व्यवस्था मिलाइएको छ । यस्तै केन्द्रमा रहेको फ्याक्स र उजूरीपेटिका तथा हुलाक माफत पनि उजूरीहरु प्राप्त हुने गरेका छन् । केन्द्रले अनुगमन गर्दा फेलापरेका तथ्य एवं पत्रपत्रिकामा प्रकाशित समाचारहरुलाई पनि सूचनाको रुपमा लिने गरेको छ । सरकारी तथा सार्वजनिक संस्थाहरुबाट प्रदान हुने सेवा, सुविधाहरुको बारेमा कहीँ कतै केही गुनासो, सुभाव भए आफै आइ वा उपयुत्त सञ्चार माध्यम माफत दिन सक्नु हुने भनी गोर्खापत्रमा सूचना प्रकाशित गरी हटलाइन टेलिफोन समेतको व्यवस्था गरे पश्चात् केन्द्रमा पर्ने उजूरीहरुको संख्यामा बृद्धि भएको छ । केन्द्र स्थापना भए देखि हालसम्म भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती र लापर्वाहीका बारेमा परेका जम्मा ४५९ उजुरीहरु मध्ये केन्द्रलाइ निर्धारण भएको कार्यक्षेत्र वमोजिम २९३ वटा उजूरीको काम तामेल भई सकेको छ । बाँकी अन्य उजुरीकाहकमा कार्यवाही अगाडि वढिरहेको छ। केन्द्रमा माथि उल्लिखित कुनै पनि माध्यमबाट प्राप्त उजूरी उपर देहाय वमोजिम कार्यवाही अगाडि बढाइने गरिएको छ ।
सम्बन्धित निकायमा पत्राचार गरी बुझ्ने वा स्थलगत रुपमा टोली पठाई प्रारम्भिक छानविन (Enquiry) गर्ने ।
छानवीनबाट प्राप्त प्रतिवेदन अनुसार अनियमितता भएको पाइएमा आवश्यकतानुसार सरोकारवालालाईसतर्क वा ध्यानाकर्षण गराउने ।
छानवीनबाट प्राप्त प्रतिवेदन अनुसार भ्रष्टाचारजन्य त्रियाकलाप भएको पाइएमा सम्बन्धित निकायमा लेखी पठाउने ।
कुनै सूचना वा उजूरीको हकमा भने आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा नै लेखी पठाउने गरिएको छ ।
सूचना संकलन तथा अनुगमन:
नेपाल अधिराज्य भरीका सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरुद्धारा नियमित रुपमा कार्यसम्पादन भए नभएको सम्बन्धमा सूचना संकलन गर्न कार्य यस केन्द्रलाइ सुम्पिए अनुरुप यस केन्द्रबाट निरन्तर रुपमा टोली खटाई अनुगमन हुने गरेको छ । अनुगमनको क्रममा संवन्धित कार्यालयको भौतिक सुविधा तथा वातावरण , गुनासो व्यवस्थापन, कर्मचारीको उपस्थिति, जिम्मेवारी बाँडफाँड, आन्तरिक संचार प्रणाली र निर्णय प्रत्रिmया, अभिलेख व्यवस्थापन तथा सम्पत्ति संरक्षण, बार्षिक कार्यक्रम र बजेट, बेरुजु सम्परीक्षण, सम्पत्ति विवरण अभिलेख तथा मातहत कार्यालय निरीक्षण अनुगमन, नागरिक वडापत्र, उजूरी पेटीका आदि हेर्ने गरिएको छ । अनुगमनबाट देखिएका कमी कमजोरीहरु हटाई सुधार गर्न सम्बन्धित तालुक कार्यालयहरुमा लेखी पठाउने गरिएको छ । यस केन्द्रले आ।व।०६२।०६३ मा विभिन्न जिल्लाका १३८ कार्यालयको अनुगमन निरीक्षण र निगरानी गरिएको तथा विभिन्न १५ वटा कार्यालयहरुको हाजिरी छड्के गरी अनुपस्थित कर्मचारीहरुलाइ सतर्क गराइएको थियो । अनुगमनबाट प्राप्त उपयुत्त सुझावहरु संवन्धित निकायमा लेखी पठाउने कार्य समेत भएको थियो ।
सार्वजनिक पदधारण गरेका व्यत्तिको सम्पत्ति विवरण तथा आयको अनुगमन:
सार्वजनिक पद धारण गरेका व्यत्तिहरुको सम्पत्त विवरण र आयको अनुगमन गर्ने जिम्मेवारी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३८ को खण्ड (ग) ले राष्ट्रिय सतर्कता केन्द्रलाई सुम्पिएको छ । साथै नेपाल सरकार गृह मन्त्रालयले मिति २०५९।५।३ मा राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक पद धारण गरेका व्यत्तिले सम्पत्ति विवरण बुझाउने निकायहरु समेत तोकी दिएको छ । ती राष्ट्रिय निकायहरुको नामावली परिशिष्टमा संलग्न छ । सम्पत्ति विवरण बुझाए नबुझाएको अनुगमन गर्ने सिलसिलामा केन्द्रबाट सम्पत्ति विवरण राख्ने जिम्मेवारी पाएका निकायहरु (१ नं र ८ नं का निकाय बाहेक) मा पत्राचार गरी विवरण लिने कार्य गरेको छ । सार्वजनिक पद धारण गरेका हरेक व्यत्तिले हरेक वर्ष तोकिएको निकायमा सम्पत्ति विवरण बुझाउनु पर्ने अनिवार्य व्यवस्था छ । यसै व्यवस्थालाइ मध्यनजर राखी केन्द्रले सम्पत्ति विवरण बुझाउने बारेको सार्वजनिक सूचना गोरखापत्रमा प्रकाशित गर्यो । त्यस वाहेक नेपाल सरकारका सवै निकायहरुलाई पत्राचार गरी सम्पत्त विवरण बुझाए नबुझाएको अनुगमन गर्दै गरिएको छ ।
जनचेतना अभिवृद्धि सम्वन्धि कार्यक्रम:
सार्वजनिक पद धारण गरेका व्यत्तिहरुको सम्पत्ति विवरण र आयको अनुगमन गर्ने जिम्मेवारी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३८ को खण्ड (ग) ले राष्ट्रिय सतर्कता केन्द्रलाई सुम्पिएको छ । साथै नेपाल सरकार गृह मन्त्रालयले मिति २०५९।५।३ मा राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक पद धारण गरेका व्यत्तिले सम्पत्ति विवरण बुझाउने निकायहरु समेत तोकी दिएको छ । ती राष्ट्रिय निकायहरुको नामावली परिशिष्टमा संलग्न छ । सम्पत्ति विवरण बुझाए नबुझाएको अनुगमन गर्ने सिलसिलामा केन्द्रबाट सम्पत्ति विवरण राख्ने जिम्मेवारी पाएका निकायहरु (१ नं र ८ नं का निकाय बाहेक) मा पत्राचार गरी विवरण लिने कार्य गरेको छ । सार्वजनिक पद धारण गरेका हरेक व्यत्तिले हरेक वर्ष तोकिएको निकायमा सम्पत्ति विवरण बुझाउनु पर्ने अनिवार्य व्यवस्था छ । यसै व्यवस्थालाइ मध्यनजर राखी केन्द्रले सम्पत्ति विवरण बुझाउने बारेको सार्वजनिक सूचना गोरखापत्रमा प्रकाशित गर्यो । त्यस वाहेक नेपाल सरकारका सवै निकायहरुलाई पत्राचार गरी सम्पत्ति विवरण बुझाए नबुझाएको अनुगमन गर्दै गरिएको छ ।
प्राविधिक परीक्षण (हाल सम्मको उपलब्धीहरु):
हालसम्म सरकारी र नीजि क्षेत्रका गरी जम्मा १०० जना प्राविधिक परीक्षकहरु तयार गरिएको । हालसम्म २२ वटा आयोजनाको प्राविधिक परीक्षण संपन्न भएको । प्राविधिक परीक्षण संवन्धमा परिचित गराउने उद्देश्यले गोष्ठी सेमिनार संपन्न गरिएको । आ.व. ०६२।०६३ को अन्त्य सम्ममा १८ वटा आयोजनाको प्राविधिक परीक्षण संपन्न र २२ वटा आयोजनाको प्राविधिक परीक्षण जारी । प्राविधिक परीक्षणवाट देखिएका कमी कमजोरीहरु संवन्धित निकायमा लेखी पठाइएको । (हालसम्म प्रा.प. संपन्न भएका र जारी रहेका आयोजनाको विवरण अनुसूची "झ" मा संलग्न छ ।)
केन्द्रलाई तोकिएका जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न एउटा निश्चित दीर्घकालीन योजनाका साथ कार्यक्रमहरु संचालन गर्न आवश्यक संझी केन्द्रले ५ वर्षे रणनीतिक योजना (Strategic Plan) को मस्यौदा तयार गर्न विभिन्न गोष्ठी अन्तरक्रिया कार्यक्रम संपन्न गरेको छ । यसलाई अन्तिम रुप दिने कार्य भईरहेको छ ।