An Appeal from National Vigilance Centre, Government of Nepal.
सम्पत्ती विवरण र आयको अनुगमन:
सार्वजनिक पदधारण गरेका व्यक्तिले प्रचलित कानून बमोजिम पेश गरेका सम्पत्ती विवरणका माध्यमबाट समेत पनि आयको अनुगमन गर्ने कार्य यस केन्द्रलाई तोकिएको छ । यस कार्यलाई अगाडि बढाउने क्रममा निजामती सेवाका बिशिष्ट श्रेणीदेखि रा.प. व्दितीय श्रेणीसम्मका राष्ट्रसेवकहरूको सम्पती विवरण अद्यावधिक गरे नगरेको विवरण प्राप्त गरिसकिएको र रा।प।तृतीय श्रेणीका कर्मचारीहरुको सो सम्बन्धी विवरण प्राप्त गर्ने तर्फ केन्द्रले कार्य गरिरहेको छ ।आयको अनुगमन कसरी गर्ने भन्ने सम्बन्धमा आन्तरिक कार्यविधि समेत निर्माण गरी सकिएको छ । ऐनको प्रावधान अनुरुप सम्पत्ती तथा आयको अनुगमन गोप्य रुपमा गरिने व्यवस्था मिलाइनुका साथै अनुगमन कार्य वढी प्रभावकारी बनाउन अधिकृतस्तरमा शुरु प्रवेश गर्दा बुझाइने सम्पत्ती विवरण केन्द्रले नै राख्ने तर्फ कार्य अगाडि बढाउदै लगिएको छ । यस अलावा अकूत सम्पत्ती कमाएको भनी केन्द्रमा परेका उजूरीहरु उपर पनि कारवाही अगाडि बढाइंदै रहि आइएको छ ।नेपाल सरकारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा ९१० को प्रयोजनको लागि मिति २०५९।५।३ को राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक पद धारण गरेका देहायका व्यक्तिले यसैसाथ संलग्न ढाँचामा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तीको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण पेश गर्ने प्रयोजनको लागि देहाय वमोजिमको निकाय तोकेको छ:-
क्र.सं.
सार्वजनिक पद
विवरण पेश गर्नुपर्ने निकाय
१.
राजप्रासाद सेवाका पदाधिकारी तथा कर्मचारी
श्री ५ महाराजाधिराजको प्रमुख सचिवालय
२.
प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री
मन्त्रिपरिषद सचिवालय
३.
संवैधानिक निकायका पदाधिकारी तथा सदस्य
संवैधानिक परिषदको सचिवालय
४.
प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य तथा संसदका पदाधिकारी
संसद सचिवालय
५.
श्री ५ बाट मनोनित वा नियुक्त अन्य पदाधिकारी
मन्त्रिपरिषद सचिवालय
६.
सर्वोच्च अदालत, पुनरावेदन अदालत र जिल्ला अदालतका न्यायाधिश
न्याय परिषद सचिवालय
७.
निजामती सेवाका कर्मचारी
निजामती कितावखाना
८.
शाही नेपाली सेना
शाही नेपाली जङ्गी अड्डा
९.
नेपाल प्रहरी
प्रहरी कितावखाना
१०.
सशस्त्र प्रहरी
प्रहरी कितावखाना
११.
राष्ट्रिय योजना आयोगका सदस्य
मन्त्रिपरिषद् सचिवालय
१२.
नेपाल सरकारले नियुक्ति वा मनोनित गरेका अन्य पदाधिकारी
सम्बन्धित मन्त्रालय
१३.
नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रण भएको कम्पनी, वैंक, समिति वा प्रचलित कानून बमोजिम नेपाल सरकारद्वारा स्थापित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद र यस्तै प्रकृतिका अन्य संगठित संस्थाका पदाधिकारी तथा कर्मचारी
सम्बन्धित मन्त्रालय
१४.
नेपाल सरकारद्वारा संचालित वा नेपाल सरकारको पूर्ण वा आंशिक अनुदान प्राप्त विश्वविद्यालय, महाविद्यालय, अनसन्धान केन्द्र र अन्य त्यस्तै प्राज्ञिक वा शैक्षिक संस्थाका पदाधिकारी तथा कर्मचारी
सम्बन्धित मन्त्रालय
१५.
नेपाल सरकारद्वारा संचालित वा नेपाल सरकारको पूर्ण वा आंशिक अनुदान प्राप्त विश्वविद्यालय, महाविद्यालय, अनसन्धान केन्द्र र अन्य त्यस्तै प्राज्ञिक वा शैक्षिक संस्थाका पदाधिकारी तथा कर्मचारी
सम्बन्धित मन्त्रालय
१६.
नेपाल सरकारद्वारा संचालित वा नेपाल सरकारको पूर्ण वा आंशिक अनुदान प्राप्त विद्यालयका पदाधिकारी
शिक्षक कितावखाना
१७.
स्थानीय स्वायत्त शासन ऐन, २०५५ बमोजिम गठित स्थानीय निकायका पदाधिकारी तथा कर्मचारी
सम्बन्धित मन्त्रालय
१८.
नेपाल सरकारको ऋण, अनुदान वा जमानतमा संचालित संस्थाका पदाधिकारी तथा कर्मचारी
सम्बन्धित मन्त्रालय
१९.
क्र.सं. १३, १४, १५ १६ र १७ मा उल्लिखित संस्थाको पूर्ण वा आंशिक स्वामित्व भएका वा नियन्त्रण रहेका वा त्यस्तो संस्थाबाट अनुदान प्राप्त संस्थाका पदाधिकारी तथा कर्मचारी
सम्बन्धित मन्त्रालय
२०.
क्र.सं. १ देखि १८ सम्म उल्लेख गरिएका देखि बाहेक सार्वजनिक पद धारण गरेका अन्य पदाधिकारी तथा कर्मचारी
सम्बन्धित मन्त्रालय
२१.
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक संस्था भनी तोकेका अन्य संस्थाका पदाधिकारी तथा कर्मचारी