National Vigilance Centre: Nepal National Flag of Nepal
राष्ट्रिय सतर्कता केन्द्र
अनामनगर, काठमाण्डौं
फोन: ४२२६३८० फ्याक्स: ४२१६७०६
हट लाइन: ४२२४९०१
इमेल: navic@nvc.gov.np
Search
View in Engish click here.
Go to NVC Homepage NCV: Contact Address Send your complaints Send your feedback
» ऐतिहासिक पृष्ठभूमी
» स्थापना र उद्देश्यहरु
» काम, कर्तव्य र अधिकार
» संगठनात्मक संरचना
» कार्यविधि
» सम्पत्ती विवरण र आयको अनुगमन
» प्राविधिक परिक्षण
» केन्द्रका गतिविधिहरु
» केन्द्रको उपलब्धीहरु
» प्रतिवेदनहरु
» केन्द्रको सहकार्य
» केन्द्रको अन्तराष्ट्रिय सम्बन्ध
» अन्य
 
An Appeal from National Vigilance Centre, Government of Nepal.
 
काम, कर्तव्य र अधिकार
 
 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ बमोजिम यस केन्द्रलाई देहाय बमोजिम काम कर्तव्य तथा अधिकार सुम्पिएको छ ।

  • नेपाल सरकारका मन्त्रालय/विभाग/कार्यालय वा सार्वजनिक संस्थाबाट सम्पादन हुनुपर्ने कार्यहरु नियमितरुपमा भए नभएको बिषयमा सूचना संकलन गर्ने ।
  • नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थाबाट नियमितरुपमा हुनु पर्ने कार्य भएको नपाइएमा त्यस्ता निकायलाई सो बिषयमा सतर्क गर्ने ।
  • सार्वजनिक पदधारण गरेका व्यक्तिले प्रचलित कानून बमोजिम दिएको सम्पत्ती बिवरण र आयको अनुगमन गर्ने।
  • भ्रष्टाचार हुनसक्ने स्थान वा काममा नियमित निगरानी राख्ने, छड्के जाँच र अन्वेषण गर्न आवश्यक ब्यवस्था मिलाउने ।
  • भ्रष्टाचार नियन्त्रण सम्बन्धमा अपनाउनुपर्ने नीति, रणनीति र तत् सम्बन्धी कानूनमा कुनै सुधार गर्नुपर्ने देखिएमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने ।
  • नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थामा उजूरी पेटीका राख्ने ब्यवस्था मिलाउने ।
  • भ्रष्टाचारको रोकथाम गर्ने उद्देश्यले आवश्यकता अनुसार सम्बन्धित निकायलाई सुझाव वा निर्देशन दिने ।
  • भ्रष्टाचार सम्बन्धी कसूरमा अनुसन्धान गर्ने निकाय वा पदाधिकारीबाट भ्रष्टाचार सम्बन्धी आवश्यक बिवरण वा सूचना प्राप्त गरी अद्यावधिक गराई राख्ने ।
  • भ्रष्टाचार सम्बन्धी प्राप्त कुनै जानकारी सम्बन्धित निकायमा लेखी पठाउने ।
  • भ्रष्टाचार नियन्त्रण सम्बन्धमा आइपर्ने अन्य काम गर्ने वा गराउने ।
  • नेपाल सरकारले तोकेका अन्य काम गर्ने वा गराउने (यस अर्न्तर्गत सार्वजनिक निर्माण कार्यको प्राविधिक परीक्षण गर्ने गराउने कार्य गर्न यस केन्द्रलाई तोकिएको छ ।)
क्र.स. रणनीति गर्नुपर्ने कार्यहरु कैफियत
१. सार्वजनिक निर्माण कार्यलाई ब्यवस्थित, मितव्ययी र पारदर्शी बनाइनेछ । सार्वजनिक निर्माणको गुणस्तरीयता कायम गर्ने तथा यसमा संलग्न व्यक्तिहरुलाई सदाचारभित्र राख्न राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक परीक्षण महाशाखा ९त्भअजलष्अब िब्गमष्त म्ष्खष्कष्यल० खडा गरी प्रभावकारी परीक्षणाको ब्यवस्था गर्ने । वि.सं. २०६० सालमा केन्द्रमा प्राविधिक परीक्षण महाशाखा स्थापना भई विकास आयोजनाहरुको प्राविधिक परीक्षणको कार्य शुरु भइसकेको ।
२. कर्मचारी प्रशासनलाई जनमुखी, गुणस्तरीय, सक्षम, निष्पक्ष, प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाई प्रशासनयन्त्रको सवलीकरण गर्न । नागरिक समाज समेतको सहभागितामा भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय छवि प्रस्तुत गर्ने विभागरनिकायर कार्यालयहरुको मूल्याÍन गरी वर्षको "उत्कष्ट निकाय" घोषणा गर्ने । -
३. भ्रष्टाचार नियन्त्रण गर्न तथा आर्थिक अनुशासन कायम गर्न स्थापित संवैंधानिक तथा अन्य सरकारी निकायहरुको संस्थागत क्षमता सुर्दढ गरी भ्रष्टाचार नियन्त्रण सम्बन्धी कार्यलाई प्रभावकारी तुल्याइनेछ । राष्ट्रिय सतर्कता केन्द्रलाई आवश्यक स्रोत साधनको ब्यवस्था गरी सक्षम र सुदृढ तुल्याउने र प्राप्त सम्पत्ति विवरण प्रचलित कानून बमोजिम छानविन गरी आवश्यक कारवाहीको लागि सम्वन्धित निकायहरुमा लेखी पठाउने । सार्वजनिक पदधारण गरेका व्यत्तिले संपत्त विवरण सम्बन्धित निकायमा बुभाए नबुभाएको जानकारी सम्बन्धित निकायबाट लिई जाँचबुभ गर्ने कार्य भइरहेको ।
४. सरकारी, सार्वजनिक तथा गुठी जग्गाको व्यवस्थापनलाई प्रभावकारी बनाई भूमि प्रशासन सम्बन्धि कार्यमा हुने भ्रष्टाचारलाई निरुत्साहित तुल्याउने । अधिराज्यभरका सरकारी सार्वजनिक तथा गुठी जग्गाहरुको अभिलेख अद्यावधिक गरी गुठी संस्थान र राष्ट्रिय सतर्कता केन्द्रमा राख्ने व्यवस्था मिलाउने ।सरकारी सार्वजनिक तथा गुठी जग्गाको व्यवस्थापनलाई प्रभावकारी बनाई जग्गा हडप्ने प्रवृतिलाई कडाइका साथ नियन्त्रण गर्ने । सम्बन्धित मन्त्रालय संग समन्वय गर्ने गरिएको ।
 
ताजा खवरहरु
Prime Minister Madhav Kumar Nepal
प्रधानमन्त्रीद्धारा अवलोकन भ्रमण
सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालद्धारा यस केन्द्रको अनामनगरस्थित कार्यालयको मिति २०६६ साल भाद्र १५ गते अवलोकन भ्रमण गर्नुभयो ।

अत्यन्त जरुरी सूचना

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम र्सार्वजनिक पदधारण गरेका व्यक्तिले र्सार्वजनिक पदधारण गरेको मितिले ६० दिन भित्र र हरेक आर्थिक वर्षसमाप्त भएको मितिले ६० दिन भित्र आफ्नो वा आफ्नो परिवारको नाउँमा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने प्रावधान रहेको र त्यस्तो सम्पत्तिको विवरण र आयको अनुगमन गर्ने जिम्मेवारी सोही ऐनको दफा ३८ को देहाय -ग) बमोजिम यस केन्द्रमा निहित रहेको छ । सो कानूनी प्रावधान बमोजिम यस केन्द्रले त्यसरी बुझाएको सम्पत्ति विवरणको हालसालै अनुगमन गर्दा कतिपय र्सार्वजनिक पदधारण गरेका व्यक्तिहरुमा त्यस्तो विवरण कुन निकायमा बुझाउनु पर्ने हो र कुन निकायले अद्यावधिक गरिराख्नु पर्ने हो भन्नेमा यदाकदा द्धिविधा देखिन आयो । तर्सथ कानूनद्धारा तोकिएको समयभित्र सम्बन्धित निकायमा सम्पत्ति विवरण बुझाउन सहज होस् भन्ने अभ्रि्रायले तत्काल गृह मन्त्रालयको मिति २०५९ भाद्र ३ गते -नेपाल राजपत्र भाग ३, खण्ड ५२ , संख्या १९) को सूचना बमोजिम देहायका र्सार्वजनिक पदधारण गरेका व्यक्तिहरुले देहायका निकायमा तोकिएको समय भित्र तोकिएको ढाँचामा सम्पत्ति विवरण बुझाउने व्यवस्था भएकोले सोही अनुसार सम्बन्धित र्सार्वजनिक पदधारण गर्ने व्यक्तिहरुले सम्बन्धित निकायमा समयमै सम्पत्ति विवरण बुझाउने र व्यवस्थित गरी राख्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सम्पत्ति विवरण कस्ले कहाँ बुझाउने --
Anand Prasad Adhikari

यस केन्द्रका टा.ना.सु.श्री आनन्द प्रसाद अधिकारीलाई आ.ब. २०६५।६६ को केन्द्रका कर्मचारीहरु मध्येबाट कार्यक्षमता तथा उहाँको लगनशीलताका आधार उत्कष्ठ कर्मचारीको रुपमा सम्मान गरीएको छ । उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

रुपन्देही जिल्लाको भैरहवामा, २०६६ बैशाख २४ गते भ्रष्टाचार विरुद्ध जनचेतना अभिबृद्धि गोष्ठी

रुपन्देही जिल्लाको भैरहवामा, २०६६ बैशाख २४ गते भ्रष्टाचार विरुद्ध जनचेतना अभिबृद्धि गर्ने प्रयोजनार्थ गोष्ठी सम्पन्न,

 
सुचनाहरु
सम्पत्ति विवरण अनुगमन सम्बन्धी प्रेस विज्ञप्ति

सम्पत्ति विवरण कस्ले कहाँ बुझाउने --

सूचीकृत गर्ने वारेको सूचना
 
नेपाल बारे जानकारी
राजधानी: काठमाण्डौं
क्षेत्रफल: १,४७,१८१ वर्ग कि. मी.
जनसंख्या: २,६७,६७,५४७ ( इ. सं. २००५ को तथ्याङ्क बाट)
बार्षिक प्रगति प्रतिवेदन २०६३/०६४
 
 
Best view on 1024 x 768 pixels
 मूख्य पृष्ठठेगानागुनासोप्रतिकृया प्रतिलिपी अधिकार २०६६ । राष्ट्रिय सतर्कता केन्दमा सुरक्षित रहने छ ।