सार्वजनिक पूर्वाधारहरुको संरचनाहरुमा कामको गुणस्तर अभिवृद्धि ( Promotional) गर्न प्राविधिक परीक्षण (Technical Audit) गर्ने कार्य नेपालको सन्दर्भमा नयाँ अवधारणा भएता पनि गुणस्तर तथा परीक्षणको महत्व सम्बन्धमा सन् १९७० देखि नै सबैको सरोकारको बिषयवस्तु बन्दै आएको थियो । गुणस्तर तथा परीक्षणको महत्ववारे यसै समय देखिनै सुझावहरु दिने प्रयास भएतापनि समग्रमा निर्माणकार्यको गुणस्तर, उपयुत्त सेवाहरु तथा लागत अनुसार अपेक्षीत उपलब्धी तथा प्राप्तिको बिषयतफ गम्भीर भएर कहिल्यै पनि ध्यान दिइएन । सार्वजनिक निर्माणकार्यको गुणस्तर तथा खर्च गरिएको रकमको आधारमा प्राप्त सेवाहरुको चर्चा (Issues) सम्बन्धमा प्रशासनिक सुधार आयोग र एसियाली विकास वैंकले सन् १९९० मा सम्बोधन (Address) गरे । यसैको फलस्वरुप भौतिक योजना तथा निर्माण मन्त्रालय (तत्कालीन निर्माण तथा यातायात मन्त्रालय) मा सन् १९९२ मा प्रमुख प्राविधिक परीक्षकको कार्यालय स्थापना गरियो । प्राविधिक परीक्षणको क्षमता तथा प्रकृया (Capacity & Procedures) को विकास गर्ने सम्बन्धमा सन् २००० मा भौतिक योजना तथा निर्माण मन्त्रालयले यस कार्यलाई गति दिने प्रयास पुनस् गरेता पनि प्रमुख प्राविधिक परीक्षकको भूमिका (Role) तथा कार्य (Function) छायामा नै पर्नगयो । वि।सं। २०५८ साल आश्विनमा भएको आर्थिक प्रशासन संवन्धी नियमावली २०५६ मा भएको पहिलो संसोधनमा नियम ६२ क थप गरी राष्ट्रिय योजना आयोगमा प्राविधिक परीक्षण महाशाखाको स्थापना गर्ने ब्यवस्था मिलाइयो । प्राविधिक परीक्षण (Technical Audit) को सम्बन्धमा राष्ट्रिय योजना आयोगले सत्रिmय भूमिका निभाउन नसकेको पृष्ठभूमिमा विश्व वैंकको सहयोगमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा संचालित Road Maintenance & Development Project (R.M.D.P)अन्तर्गत Development of Technical Audit Capacity Project (D.T.A.C) गरियो । यसले जुलाई ३१, २००३ मा सडक,खानेपानी तथा सरसफाई र आवाससम्बन्धी Audit Mannuals तयार गरी आफ्नो कार्य सम्पन्न गर्यो । यिनै पृष्ठभूमीमा तत्कालीन मन्त्रिपरिषदको मिति २०६०।०४।२८ को निर्णयानुसार यस केन्द्रमा एक प्राविधिक परीक्षण महाशाखा गठन गरी प्रभावकारी प्राविधिक परीक्षण गर्ने जिम्वेवारी थप भयो । यद्यपी २०६० आश्विनमा आर्थिक प्रशासन संवन्धी नियमावली २०५६ को दोस्रो संशोधनमा समेत उपरोत्त प्रावधान संशोधन हुन नसकेको अवस्था विद्यमान छ । |
सार्वजनिक निर्माणकार्यमा कामको गुणस्तर कायम गरी आयोजनाको दिगोपन प्राप्त गर्न तथा लागतको प्रभावकारीता सम्बन्धमा गरिने मुल्यांकन (assessment) लाई प्राविधिक परीक्षण (Technical Audit) भन्न सकिन्छ । आशातित लक्ष्य तथा कार्यक्रम अनुसार योजनाले वास्तविक कार्य गर्नसकेको छ, छैन भन्ने सम्बन्धमा पुष्टि गर्न तथा आयोजनाले नेपाल सरकारको ऐन, नियम, सार्वजनिक निर्माण निर्देशिका र Contract document अनुसार कार्य गरेको छ, छैन त्यसको मुल्यांकन गर्न पनि प्राविधिक परीक्षण (Technical Audit) गरिन्छ ।
A technical audit may be defined as -
"A systematic, independent process for obtaining evidence and evaluating this objectively to determine the extent to which needs or expectations are fulfilled."
(Adopted from ISO)
आयोजनाको लागत, समय, गुणस्तर, लागतको प्रभावकारिता र प्राप्त उपलब्धिहरुको मूल्यांकन (Assessment) गर्नु नै प्राविधिक परीक्षणको उद्देश्य हो । अर्को शब्दमा भन्ने हो भने "The main purpose of audit is to examine how well the planned or designed criteria are met by the project within the allocated time frame and budget."
कुनै पनि आयोजनाको देहायका सबै वा कुनै एक वा कुनै चरणको कार्यभइरहेकै अवस्थामा प्राविधिक परीक्षण गर्न सकिन्छ । प्राविधिक परीक्षण सार्वजनिक निर्माण कार्यको कामको प्रकृति र मात्रा (Nature & Volume) मा भर पर्दछ ।
- Planning and Design: यस चरणमा प्रारुप तयारी, योजना तथा डिजाइन पर्दछन् भने मुख्यतया quality तथा adequacy सम्बन्धित हुन्छन् ।
- Procurement: यस चरणमा सेवा वा वस्तु तथा निर्माण सामग्रीको खरिद तथा प्राप्ती पर्दछन् भने मुख्यतया Transparency, FAR तथा funding agency का requirements सम्बन्धित हुन्छन् ।
- Implementation: यस चरणमा कार्यान्वयन वा निर्माण पर्दछ भने मुख्यतया quality, schedule र budget सम्बन्धित हुन्छन् ।
- Post-implementation: यस चरणमा निर्माण पछिको सञ्चालन, मर्मत सम्भार तथा पुन: निर्माण पर्दछन् भने Project को principal aspects हरुको समेत मूल्यांकन गरिन्छ ।
यसमा देहायका कुराहरु गरिन्छन्: |
| |
- आयोजना उद्देश्य अनुरुप कार्यान्वयन भएको छ / छैन,
- आयोजनाको लक्ष्य निर्धारण गरिएको छ / छैन र निर्धारण गरिएको भए लक्ष्य अनुरुप काम भएको छ / छैन,
- आयोजनाको प्रारुप तयार गर्दा, संभाव्यता अध्ययन गर्दा, सेवा वस्तु वा निर्माण सामग्रीको खरिद तथा प्रयोग गर्दा, आयोजनाको कार्यान्वयन गर्दा सार्वजनिक निर्माण निर्देशिका वा प्रचलित कानून बमोजिम तोकिएको तरिका र गुणस्तर बमोजिम गरिएको छ / छैन,
- आयोजनाको लागि गरिएको बजेट ब्यवस्था र निकाशा ठीक छ / छैन,
- आयोजनाको लागि निर्धारण गरिएको समय तालिका ठीक छ / छैन र सो अनुरुप कार्यप्रगति भएको छ / छैन,
- आयोजनाबाट अपेक्षीत उपलब्धी हासिल हुनसक्छरसक्दैन, निर्माण कार्य पूर्वअनुमान गरिएको लागत भित्र सम्पन्न भएको छ / छैन,
- आयोजनाको डिजाइन ठिक छ / छैन, आयोजनामा सेवा, वस्तु वा निर्माण सामग्रीको खरिद वा प्राप्ती प्रकृया पारदर्शी छ / छैन,
- सम्पन्न भएको आयोजना अपेक्षीत गुणस्तरको छ / छैन र त्यसले अपेक्षीत सेवा दिन सक्छ / सक्दैन,
- लागतको प्रभावकारीता छ / छैन,
- आयोजनाको दीगोपन छ / छैन,
- संपन्न आयोजनाबाट के पाठ सिकियो ?
|
|