National Vigilance Centre: Nepal National Flag of Nepal
राष्ट्रिय सतर्कता केन्द्र
अनामनगर, काठमाण्डौं
फोन: ४२२६३८० फ्याक्स: ४२१६७०६
हट लाइन: ४२२४९०१
इमेल: navic@nvc.gov.np
Search
View in Engish click here.
Go to NVC Homepage NCV: Contact Address Send your complaints Send your feedback
» ऐतिहासिक पृष्ठभूमी
» स्थापना र उद्देश्यहरु
» काम, कर्तव्य र अधिकार
» संगठनात्मक संरचना
» कार्यविधि
» सम्पत्ती विवरण र आयको अनुगमन
» प्राविधिक परिक्षण
» केन्द्रका गतिविधिहरु
» केन्द्रको उपलब्धीहरु
» प्रतिवेदनहरु
» केन्द्रको सहकार्य
» केन्द्रको अन्तराष्ट्रिय सम्बन्ध
» अन्य
 
An Appeal from National Vigilance Centre, Government of Nepal.
 
प्राविधिक परीक्षण:
 
   
पृष्ठभूमी:

सार्वजनिक पूर्वाधारहरुको संरचनाहरुमा कामको गुणस्तर अभिवृद्धि ( Promotional) गर्न प्राविधिक परीक्षण (Technical Audit) गर्ने कार्य नेपालको सन्दर्भमा नयाँ अवधारणा भएता पनि गुणस्तर तथा परीक्षणको महत्व सम्बन्धमा सन् १९७० देखि नै सबैको सरोकारको बिषयवस्तु बन्दै आएको थियो । गुणस्तर तथा परीक्षणको महत्ववारे यसै समय देखिनै सुझावहरु दिने प्रयास भएतापनि समग्रमा निर्माणकार्यको गुणस्तर, उपयुत्त सेवाहरु तथा लागत अनुसार अपेक्षीत उपलब्धी तथा प्राप्तिको बिषयतफ गम्भीर भएर कहिल्यै पनि ध्यान दिइएन । सार्वजनिक निर्माणकार्यको गुणस्तर तथा खर्च गरिएको रकमको आधारमा प्राप्त सेवाहरुको चर्चा (Issues) सम्बन्धमा प्रशासनिक सुधार आयोग र एसियाली विकास वैंकले सन् १९९० मा सम्बोधन (Address) गरे । यसैको फलस्वरुप भौतिक योजना तथा निर्माण मन्त्रालय (तत्कालीन निर्माण तथा यातायात मन्त्रालय) मा सन् १९९२ मा प्रमुख प्राविधिक परीक्षकको कार्यालय स्थापना गरियो । प्राविधिक परीक्षणको क्षमता तथा प्रकृया (Capacity & Procedures) को विकास गर्ने सम्बन्धमा सन्‍ २००० मा भौतिक योजना तथा निर्माण मन्त्रालयले यस कार्यलाई गति दिने प्रयास पुनस् गरेता पनि प्रमुख प्राविधिक परीक्षकको भूमिका (Role) तथा कार्य (Function) छायामा नै पर्नगयो । वि।सं। २०५८ साल आश्विनमा भएको आर्थिक प्रशासन संवन्धी नियमावली २०५६ मा भएको पहिलो संसोधनमा नियम ६२ क थप गरी राष्ट्रिय योजना आयोगमा प्राविधिक परीक्षण महाशाखाको स्थापना गर्ने ब्यवस्था मिलाइयो । प्राविधिक परीक्षण (Technical Audit) को सम्बन्धमा राष्ट्रिय योजना आयोगले सत्रिmय भूमिका निभाउन नसकेको पृष्ठभूमिमा विश्व वैंकको सहयोगमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा संचालित Road Maintenance & Development Project (R.M.D.P)अन्तर्गत Development of Technical Audit Capacity Project (D.T.A.C) गरियो । यसले जुलाई ३१, २००३ मा सडक,खानेपानी तथा सरसफाई र आवाससम्बन्धी Audit Mannuals तयार गरी आफ्नो कार्य सम्पन्न गर्‍यो । यिनै पृष्ठभूमीमा तत्कालीन मन्त्रिपरिषदको मिति २०६०।०४।२८ को निर्णयानुसार यस केन्द्रमा एक प्राविधिक परीक्षण महाशाखा गठन गरी प्रभावकारी प्राविधिक परीक्षण गर्ने जिम्वेवारी थप भयो । यद्यपी २०६० आश्विनमा आर्थिक प्रशासन संवन्धी नियमावली २०५६ को दोस्रो संशोधनमा समेत उपरोत्त प्रावधान संशोधन हुन नसकेको अवस्था विद्यमान छ ।

कार्यक्षेत्र:

नेपाल सरकार तथा नेपाल सरकारको पूर्ण स्वामित्व भएका संगठित संस्थाको तफबाट संचालन गरिने कुनै पनि सार्वजनिक संरचनाको पूर्वाधार विकास गर्ने क्रममा सार्वजनिक निर्माण कार्यहरुको गुणस्तर कायम गर्न चुनौतीको विषय बन्न गएको छ । त्यस माथि पनि धेरै मात्रामा यत्रतत्र छरपष्टरुपमा योजनाहरु संचालन गर्दा तथा सानातिना Civil Works हरु धेरै मात्रामा हुँदा सार्वजनिक निर्माण कार्यको गुणस्तर कायम गर्न झनै कठिन र जटिल बन्न पुगि समस्या बढ्‍दो छ । समग्रमा भन्ने हो भने आयोजनाहरुको दिगोपन तथा लागत अनुसारको अपेक्षीत उपलब्धि प्रप्तिको लागि निर्माण कार्यमा गुणस्तर कायम गर्नु गम्भिर सार्वजनिक चिन्ता र चासोको विषय भएको छ । समस्याहरुमाथि समयमा नै उचित ध्यान नपुग्नाका कारण योजनामा Cost को भार बढ्‍न गई Variation गर्नु पर्ने, त्यस्तै गरेर सम्पन्न योजनामा चाँडै नै क्षति पुग्न गई संचालनमा प्रभावकारिता नहुनुका साथै मर्मत संभारको लागत समेत बढ्‍ने गरेको छ ।

परिभाषा र उद्‍देश्य:

सार्वजनिक निर्माणकार्यमा कामको गुणस्तर कायम गरी आयोजनाको दिगोपन प्राप्त गर्न तथा लागतको प्रभावकारीता सम्बन्धमा गरिने मुल्यांकन (assessment) लाई प्राविधिक परीक्षण (Technical Audit) भन्न सकिन्छ । आशातित लक्ष्य तथा कार्यक्रम अनुसार योजनाले वास्तविक कार्य गर्नसकेको छ, छैन भन्ने सम्बन्धमा पुष्टि गर्न तथा आयोजनाले नेपाल सरकारको ऐन, नियम, सार्वजनिक निर्माण निर्देशिका र Contract document अनुसार कार्य गरेको छ, छैन त्यसको मुल्यांकन गर्न पनि प्राविधिक परीक्षण (Technical Audit) गरिन्छ ।

A technical audit may be defined as -

"A systematic, independent process for obtaining evidence and evaluating this objectively to determine the extent to which needs or expectations are fulfilled."
(Adopted from ISO)

आयोजनाको लागत, समय, गुणस्तर, लागतको प्रभावकारिता र प्राप्त उपलब्धिहरुको मूल्यांकन (Assessment) गर्नु नै प्राविधिक परीक्षणको उद्देश्य हो । अर्को शब्दमा भन्ने हो भने "The main purpose of audit is to examine how well the planned or designed criteria are met by the project within the allocated time frame and budget."

कुनै पनि आयोजनाको देहायका सबै वा कुनै एक वा कुनै चरणको कार्यभइरहेकै अवस्थामा प्राविधिक परीक्षण गर्न सकिन्छ । प्राविधिक परीक्षण सार्वजनिक निर्माण कार्यको कामको प्रकृति र मात्रा (Nature & Volume) मा भर पर्दछ ।

  • Planning and Design: यस चरणमा प्रारुप तयारी, योजना तथा डिजाइन पर्दछन् भने मुख्यतया quality तथा adequacy सम्बन्धित हुन्छन् ।
  • Procurement: यस चरणमा सेवा वा वस्तु तथा निर्माण सामग्रीको खरिद तथा प्राप्ती पर्दछन् भने मुख्यतया Transparency, FAR तथा funding agency का requirements सम्बन्धित हुन्छन् ।
  • Implementation: यस चरणमा कार्यान्वयन वा निर्माण पर्दछ भने मुख्यतया quality, schedule र budget सम्बन्धित हुन्छन् ।
  • Post-implementation: यस चरणमा निर्माण पछिको सञ्चालन, मर्मत सम्भार तथा पुन: निर्माण पर्दछन् भने Project को principal aspects हरुको समेत मूल्यांकन गरिन्छ ।

यसमा देहायका कुराहरु गरिन्छन्:

 
  • आयोजना उद्देश्य अनुरुप कार्यान्वयन भएको छ / छैन,
  • आयोजनाको लक्ष्य निर्धारण गरिएको छ / छैन र निर्धारण गरिएको भए लक्ष्य अनुरुप काम भएको छ / छैन,
  • आयोजनाको प्रारुप तयार गर्दा, संभाव्यता अध्ययन गर्दा, सेवा वस्तु वा निर्माण सामग्रीको खरिद तथा प्रयोग गर्दा, आयोजनाको कार्यान्वयन गर्दा सार्वजनिक निर्माण निर्देशिका वा प्रचलित कानून बमोजिम तोकिएको तरिका र गुणस्तर बमोजिम गरिएको छ / छैन,
  • आयोजनाको लागि गरिएको बजेट ब्यवस्था र निकाशा ठीक छ / छैन,
  • आयोजनाको लागि निर्धारण गरिएको समय तालिका ठीक छ / छैन र सो अनुरुप कार्यप्रगति भएको छ / छैन,
  • आयोजनाबाट अपेक्षीत उपलब्धी हासिल हुनसक्छरसक्दैन, निर्माण कार्य पूर्वअनुमान गरिएको लागत भित्र सम्पन्न भएको छ / छैन,
  • आयोजनाको डिजाइन ठिक छ / छैन, आयोजनामा सेवा, वस्तु वा निर्माण सामग्रीको खरिद वा प्राप्ती प्रकृया पारदर्शी छ / छैन,
  • सम्पन्न भएको आयोजना अपेक्षीत गुणस्तरको छ / छैन र त्यसले अपेक्षीत सेवा दिन सक्छ / सक्दैन,
  • लागतको प्रभावकारीता छ / छैन,
  • आयोजनाको दीगोपन छ / छैन,
  • संपन्न आयोजनाबाट के पाठ सिकियो ?
फाइदा:
  • पूर्वाधारको गुणस्तरमा अभिवृद्धि तथा सुधार ।
  • सार्वजनिक निर्माण निर्देशिका (Public Work Directives) को सुनिश्चितता ।
  • वस्तु तथा सेवाको पारदर्शी मितव्ययी खरीद प्रणाली ।
  • लागतको हेरफेर (Variations) मा कमी र न्युनतम निर्माण सामाग्रीको प्रयोग ।
  • वाषिक मर्मत संभार खर्चमा कमी ।
  • परियोजनाको आयू लम्व्याएर परियोजना चक्रको लागतमा कमी ल्याउने ।
प्राविधिक परीक्षण (हाल सम्मको उपलब्धीहरु):

हालसम्म सरकारी र नीजि क्षेत्रका गरी जम्मा १०० जना प्राविधिक परीक्षकहरु तयार गरिएको । हालसम्म २२ वटा आयोजनाको प्राविधिक परीक्षण संपन्न भएको । प्राविधिक परीक्षण संवन्धमा परिचित गराउने उद्‍देश्यले गोष्ठी सेमिनार संपन्न गरिएको । आ.व. ०६२।०६३ को अन्त्य सम्ममा १८ वटा आयोजनाको प्राविधिक परीक्षण संपन्न र २२ वटा आयोजनाको प्राविधिक परीक्षण जारी । प्राविधिक परीक्षणवाट देखिएका कमी कमजोरीहरु संवन्धित निकायमा लेखी पठाइएको । (हालसम्म प्रा.प. संपन्न भएका र जारी रहेका आयोजनाको विवरण अनुसूची "झ" मा संलग्न छ ।)

निष्कर्ष

सार्वजनिक निर्माणकार्यमा गुणस्तर कायम गरी आयोजनाको दिगोपना प्राप्तीका लागि प्राविधिक परीक्षण गर्ने सम्बन्धमा केन्द्रको महत्वपूर्ण भूमिका भएता पनि यसको कार्यान्वयनमा सबैको उत्तिकै जिम्मेवारी र दायित्व छ । प्राविधिक परीक्षण (Technical Audit) साध्य होइन साधन मात्र हो । यसको सान्दर्भिकता, सार्थकता एवं औचित्यको पुष्टि त्यस वेला हुनेछ जुनबेला हामी कर्तव्यबोध बाट प्रेरित भएर गुणस्तरयुत्त निर्माणको लागि प्रतिबद्धता जाहेर गर्दै यसको सफल कार्यान्वयन तफ क्रियाशील हुनेछौं ।

ताजा खवरहरु
Prime Minister Madhav Kumar Nepal
प्रधानमन्त्रीद्धारा अवलोकन भ्रमण
सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालद्धारा यस केन्द्रको अनामनगरस्थित कार्यालयको मिति २०६६ साल भाद्र १५ गते अवलोकन भ्रमण गर्नुभयो ।

अत्यन्त जरुरी सूचना

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम र्सार्वजनिक पदधारण गरेका व्यक्तिले र्सार्वजनिक पदधारण गरेको मितिले ६० दिन भित्र र हरेक आर्थिक वर्षसमाप्त भएको मितिले ६० दिन भित्र आफ्नो वा आफ्नो परिवारको नाउँमा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने प्रावधान रहेको र त्यस्तो सम्पत्तिको विवरण र आयको अनुगमन गर्ने जिम्मेवारी सोही ऐनको दफा ३८ को देहाय -ग) बमोजिम यस केन्द्रमा निहित रहेको छ । सो कानूनी प्रावधान बमोजिम यस केन्द्रले त्यसरी बुझाएको सम्पत्ति विवरणको हालसालै अनुगमन गर्दा कतिपय र्सार्वजनिक पदधारण गरेका व्यक्तिहरुमा त्यस्तो विवरण कुन निकायमा बुझाउनु पर्ने हो र कुन निकायले अद्यावधिक गरिराख्नु पर्ने हो भन्नेमा यदाकदा द्धिविधा देखिन आयो । तर्सथ कानूनद्धारा तोकिएको समयभित्र सम्बन्धित निकायमा सम्पत्ति विवरण बुझाउन सहज होस् भन्ने अभ्रि्रायले तत्काल गृह मन्त्रालयको मिति २०५९ भाद्र ३ गते -नेपाल राजपत्र भाग ३, खण्ड ५२ , संख्या १९) को सूचना बमोजिम देहायका र्सार्वजनिक पदधारण गरेका व्यक्तिहरुले देहायका निकायमा तोकिएको समय भित्र तोकिएको ढाँचामा सम्पत्ति विवरण बुझाउने व्यवस्था भएकोले सोही अनुसार सम्बन्धित र्सार्वजनिक पदधारण गर्ने व्यक्तिहरुले सम्बन्धित निकायमा समयमै सम्पत्ति विवरण बुझाउने र व्यवस्थित गरी राख्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सम्पत्ति विवरण कस्ले कहाँ बुझाउने --
Anand Prasad Adhikari

यस केन्द्रका टा.ना.सु.श्री आनन्द प्रसाद अधिकारीलाई आ.ब. २०६५।६६ को केन्द्रका कर्मचारीहरु मध्येबाट कार्यक्षमता तथा उहाँको लगनशीलताका आधार उत्कष्ठ कर्मचारीको रुपमा सम्मान गरीएको छ । उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

रुपन्देही जिल्लाको भैरहवामा, २०६६ बैशाख २४ गते भ्रष्टाचार विरुद्ध जनचेतना अभिबृद्धि गोष्ठी

रुपन्देही जिल्लाको भैरहवामा, २०६६ बैशाख २४ गते भ्रष्टाचार विरुद्ध जनचेतना अभिबृद्धि गर्ने प्रयोजनार्थ गोष्ठी सम्पन्न,

 
सुचनाहरु
सम्पत्ति विवरण अनुगमन सम्बन्धी प्रेस विज्ञप्ति

सम्पत्ति विवरण कस्ले कहाँ बुझाउने --

सूचीकृत गर्ने वारेको सूचना
 
नेपाल बारे जानकारी
राजधानी: काठमाण्डौं
क्षेत्रफल: १,४७,१८१ वर्ग कि. मी.
जनसंख्या: २,६७,६७,५४७ ( इ. सं. २००५ को तथ्याङ्क बाट)
बार्षिक प्रगति प्रतिवेदन २०६३/०६४
 
 
Best view on 1024 x 768 pixels
 मूख्य पृष्ठठेगानागुनासोप्रतिकृया प्रतिलिपी अधिकार २०६६ । राष्ट्रिय सतर्कता केन्दमा सुरक्षित रहने छ ।