National Vigilance Centre: Nepal National Flag of Nepal
राष्ट्रिय सतर्कता केन्द्र
अनामनगर, काठमाण्डौं
फोन: ४२२६३८० फ्याक्स: ४२१६७०६
हट लाइन: ४२२४९०१
इमेल: navic@nvc.gov.np
Search
View in Engish click here.
Go to NVC Homepage NCV: Contact Address Send your complaints Send your feedback
» ऐतिहासिक पृष्ठभूमी
» स्थापना र उद्देश्यहरु
» काम, कर्तव्य र अधिकार
» संगठनात्मक संरचना
» कार्यविधि
» सम्पत्ती विवरण र आयको अनुगमन
» प्राविधिक परिक्षण
» केन्द्रका गतिविधिहरु
» केन्द्रको उपलब्धीहरु
» प्रतिवेदनहरु
» केन्द्रको सहकार्य
» केन्द्रको अन्तराष्ट्रिय सम्बन्ध
» अन्य
 
An Appeal from National Vigilance Centre, Government of Nepal.
 
कार्यविधि:
 
 

नेपाल सरकारले ७ परिच्छेदको राष्ट्रिय सतर्कता केन्द्रको कार्यविधि २०६०।५।१३ मा स्वीकृत गरी लागू गरिसकेको छ । परिच्छेद एक प्रारम्भीक, परिच्छेद दुइ केन्द्रको कार्य सम्पादन सम्बन्धि व्यवस्था, परिच्छेद तीन केन्द्रका प्रमुख अधिकृतको काम, कर्तव्य र अधिकार, परिच्छेद ४ केन्द्रको महाशाखा एव शाखाहरुको व्यवस्था, परिच्छेद ५ सतर्कता सम्बन्धि व्यवस्था (यस केन्द्रले सतर्क गरेको वा दिएको निर्देशन बमोजिम सम्बन्धित व्यक्ति वा निकायले कार्य गरे नगरेको अनुगमन गरी सो नगर्ने उपर केन्द्रमा अभिलेख राखी आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउने), परिच्छेद ६ भ्रष्टाचार विरुद्ध राष्ट्रिय जनचेतना अभिबृद्धि गर्ने विभिन्न सचेतना मूलक कार्यक्रम संचालन र परिच्छेद ७ विविध (केन्द्रको कार्यवाहीको प्रभावकारीता र आवधिक समिक्षा, विशेषज्ञको सेवा लिन सकिने, सूचना संकलन प्रक्रियामा थप व्यवस्था, प्रहरी संगको सम्पर्क र समन्वयका साथै कर्मचारी सम्बन्धि विशेष व्यवस्था गर्ने) रहेका छन् ।

केन्द्रका प्रमुख अधिकृतको काम, कर्तव्य र अधिकार:
  • नेपाल अधिराज्यमा भ्रष्टाचारजन्य क्रियाकलापहरु हुन नदिन केन्द्रलाई प्राप्त सूचनाको आधारमा सम्बन्धित निकायलाई सतर्क गराउने, नियमित निगरानी गराउने, भ्रष्टाचार विरुद्धको अभियानलाई तीव्र पार्न चेतनामूलक कार्यहरु सञ्चालन गराई भ्रष्टाचार विरोधी संस्कृतिको विकासमा जोड दिने ।
  • केन्द्रको उद्देश्य परिपूर्तिका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीति, रणनीति, कार्ययोजना तथा कार्यक्रमहरु तयार पारी नेपाल सरकार समक्ष प्रस्तुत गर्ने ।
  • नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय र सार्वजनिक संस्था, स्थानीय निकाय आदिबाट नियमित रुपमा सम्पादन हुनुपर्ने कामको निरीक्षण र सुपरिवेक्षण गरी आवश्यक निर्देशन तथा सुझाव दिने ।
  • दफा ४ को उपदफा (२) को (ङ) बमोजिम सूचनाहरु संकलन गर्ने र गर्न लगाउने ।
  • भ्रष्टाचार निवारण र भ्रष्टाचार विरुद्ध जनमत निर्माणका क्षेत्रमा क्रियाशील सरकारी निकाय, गैरसरकारी निकाय र नागरिक समाजवीच समन्वय कायम गर्ने ।
  • केन्द्रवाट भए गरेका काम कार्वाहीका सम्बन्धमा आवश्यक सुझावसमेत समावेश गरी ६, ६ महिनामा प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश गर्ने ।
  • केन्द्रलाई संचालन गर्न आवश्यक सम्पूर्ण प्रशासन सम्बन्धी कार्यहरु प्रचलित कानून बमोजिम गर्ने, गराउने ।
  • आफ्नो मातहतका सवै महाशाखा, शाखाहरुमा कामको बाँडफाँड गरी दैनिक कार्य सञ्चालन गर्ने, गराउने ।
  • नेपाल सरकारले तोकेको वा केन्द्रको प्रमुखको हैसियतले गर्नुपर्ने अन्य कामहरु गर्ने, गराउने ।
प्रशासन तथा अनुगमन महाशाखाको काम, कर्तव्य र अधिकार:
  • कर्मचारीहरुको नियुक्ति, सरुवा बढुवा, अवकाश, कार्य सम्पादन मूल्यांकन, विदा दण्ड र पुरस्कार एवं वृत्ति विकास सम्बन्धी काम कार्वाही प्रचलित कानून बमोजिम गर्ने गराउने ।
  • केन्द्रलाई आवश्यक पर्ने भौतिक सम्पत्ती तथा साधन र श्रोतको समूचित ब्यवस्थाका साथै सुरक्षा ब्यवस्था समेत मिलाउने ।
  • केन्द्रलाई आवश्यक पर्ने विशेषज्ञ सेवा काजमा वा करारमा लिने सम्बन्धी आवश्यक काम कार्वाही गर्ने ।
  • नेपाल सरकारको मन्त्रालय, विभाग, कार्यालय, कुनै सरकारी निकाय वा सार्वजनिक संस्थावाट कानूनी राय माग भई आएमा राय उपलब्ध गराउने ब्यवस्था गर्ने ।
  • केन्द्रका लागि आवश्यक पर्ने मानव संशाधन विकास कार्यक्रम तर्जुमा गरी कार्यान्वन गर्ने तथा कर्मचारीहरुलाई प्राप्त छात्रवृत्ति एवं तालीम कार्यक्रमहरुमा मनोनयन गर्ने ।
  • सूचना संकलन तथा अन्वेषण महाशाखालाई स्थलगत जाँच, प्रारम्भिक छानबीन, परीक्षण एवं अनुसन्धानका लागि आवश्यक उपकरण, प्राविधिक जनशक्ति तथा अन्य सेवा उपलब्ध गराउने ।
  • केन्द्रको प्रवक्ताको रुपमा काम गर्ने ।
  • केन्द्रवाट तयार गरिएका तथा अन्यत्रबाट प्राप्त हुन आएका महत्वपूर्ण प्रतिवेदन, मिसील एवं कागजातहरु अभिलेखालमा सुव्यवस्था गर्ने ।
  • केन्द्रको कुनै काम कार्वाहीमा आवश्यकता अनुसार आन्तरिक एवं अन्तरनिकाय समन्वय सम्बन्धी काम गर्ने र आवश्यकतानुसार अनुगमनको ब्यवस्था मिलाउने ।
  • केन्द्रलाई आवश्यक पर्ने वाषिर्क बजेट निर्माण, स्वीकृति, निकासा, खर्च, लेखापरीक्षण वेरुजु फर्‍छयौट लगायतका कार्यहरु गर्ने । ।
  • वैदेशिक सहयोगमा संचालित आयोजनाहरुको अनुगमन गर्ने ।
  • केन्द्रको संगठन विकास तथा सुदृढीकरणका लागि योजना तर्जुमा, कार्यशाला एवं गोष्ठीहरुको आयोजना गरी जनशक्ति विकास र जनचेतना अभिवृद्धि सम्बन्धी कार्य गर्ने ।
  • केन्द्रले गरेका कामहरुका सम्वन्धमा वाषिर्क प्रतिवेदन तयार गर्ने गराउने ।
  • भ्रष्टाचार विरुद्धको अभियानमा महत्वपूर्ण योगदान पुर्‍याउने तथा भ्रष्टाचारसंग सम्बन्धित महत्वपूर्ण सूचना दिने ब्यक्तिलाई मनासिव पुरस्कार दिने सम्बन्धी काम गर्ने ।
  • भ्रष्टाचार सम्बन्धी कानून एवं नजीरहरु अद्यावधिक गर्ने ।
  • केन्द्रमा प्राप्त उजूरी निवेदन, गोप्य सूचना, निरीक्षणरनिगरानी समेतवाट प्राप्त सूचनाको आधारमा केन्द्रले गरेको अन्वेषणवाट कुनै सरकारी निकाय, सार्वजनिक संस्था वा पदाधिकारीले आर्थिक वा प्रशासनिक अनियमितता गरेको देखिन आएमा त्यस्ता निकाय वा पदाधिकारीहरुलाई सतर्क गराउने ब्यवस्था मिलाउने ।
  • नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय तथा सार्वजनिक संस्थावाट सम्पादन हुनुपर्ने कार्यहरु र जनतालाई पुर्‍याउनुपर्ने सेवा सुविधाहरु नियमितरुपमा पुर्‍याइएका छन् छैनन् र त्यस्ता कार्यमा आर्थिक, प्रशासनिक, प्राविधिक आदि अनियमितता र ढिलासुस्ती भएको छ छैन भन्ने सम्वन्धमा नियमितरुपमा निगरानी, छड्के जाँच वा अन्वेषण गर्ने जस्ता अनुगमनका प्रभावकारी उपायहरु अवलम्वन गर्ने ।
  • नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय र विभिन्न सार्वजनिक संस्था लगायत जनतालाई सेवा सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना भएका सवै कार्यालयहरुमा उजूरी पेटिका राख्न लगाई प्राप्त उजूरीहरुको विषयमा भएको कार्वाहीको अनुगमन गर्ने ।
  • सरकारी वा सार्वजनिक संस्थाहरुवाट नियमितरुपमा सम्पादन हुनुपर्ने कार्यहरु र भ्रष्टाचार भएको विषयमा कार्वाहीका लागि सम्बन्धित निकायमा लेखी पठाएकोमा कार्वाही भएको छ, छैन अनुगमन गर्ने ।
  • सम्पत्ती बिवरण पेश गर्नुपर्ने दायित्व भएका ब्यक्तिहरुवाट पेश भएको सम्पत्ती बिवरणका आधारमा आयको अनुगमन गरी सम्पत्तीको अस्वभाविक उपभोग र वचत देखिएमा थप बिवरण माग गरी अनुसन्धान गर्ने ।
  • केन्द्रको उद्देश्य पूर्तिका लागि महाशाखालाई तोकिएका अन्य कार्यहरु गर्ने गराउने ।
सूचना संकलन तथा अन्वेषण महाशाखा:
  • नेपाल सरकारका विभिन्न निकायहरु र सार्वजनिक संस्थाहरुबाट नियमितरुपमा कार्य सम्पादन भए नभएको विषयमा सूचना सङ्कलन गर्ने ।
  • विभिन्न माध्यमहरुबाट भ्रष्टाचार सम्बन्धी सूचना तथा उजूरीहरु सङ्कलन गर्ने ।
  • नेपाल सरकारका विभिन्न निकायहरु र सार्वजानिक संस्थाहरुमा भ्रष्टाचार तथा आर्थिक अपराध हुनसक्ने संभाव्य क्षेत्रहरुको पहिचान गरी नियमित निगरानी गर्ने, शंकास्पद स्थान तथा कामको आकस्मिक जाँच गर्ने, निरीक्षण र अन्वेषण गर्ने ।
  • सेवा सुविधा आपूर्तिसम्बन्धी र प्रशासनिक काम कार्वाहीउपर निगरानी राख्ने तथा सूचना संकलन तथा अन्वेषण गर्ने ।
  • तोकिएका निकायबाट भएका प्राविधिक परीक्षण सम्बन्धि कार्यको अन्वेषण एवं अनुगमन गर्ने ।
  • सङ्कलित सूचना सामग्रीको अध्ययन अन्वेषण गर्ने ।
  • सार्वजानिक पदधारण गर्ने शंकास्पद व्यत्तिहरुको क्रियाकलापमाथि निगरानी राखी अभिलेख अद्यावधिक गर्दै जाने ।
  • कुनै राष्ट्रसेवकले आफ्नो जिम्मेवारी औचित्यपूर्ण ढंगले निर्वाह नगरेको देखिएमा सो सम्बन्धी बिवरण राय सहित प्रशासन तथा अनुगमन महाशाखामा लेखी पठाउने ।
  • भ्रष्टाचारजन्य कार्य हुन लागेको वा हुने सम्भावना देखिएको सरकारी एवं सार्वजानिक संस्थारनिकायलाई सजग गराउने र त्यस्तो कार्य भइसकेको देखिएमा सम्बन्धित निकायमा कानूनी कार्वाहीको लागि लेखी पठाउने ।
  • भ्रष्टाचार रोकथाम तथा निवारण सम्वन्धमा राय सुझाव तयार पार्ने ।
  • सङ्कलित सूचनाको प्रशोधन तथा आवश्यक प्राविधिक अन्वेषण गराई तथ्य पत्ता लगाउने ।
  • सङ्कलित सूचना तथा सवूद प्रमाणका आधारमा तथ्य यकीन हुन नसक्ने भई थप अध्ययन अन्वेषण गराउनुपर्ने अवस्था परेमा सो प्रयोजनका लागि आवश्यकतानुसार कार्यदल खटाई पठाउने ।
  • सङ्कलित सूचनाको अन्वेषण र अनुसन्धानवाट दोषी देखिन आएको पक्षलाई प्रशासन महाशाखामार्फत सतर्क गराउने ब्यवस्था मिलाउने ।
  • भ्रष्टाचार निवारण र भ्रष्टाचारविरुद्ध जनमत निर्माणका क्षेत्रमा क्रियाशील सरकारी, गैरसरकारी निकाय र नागरिक समाजवीच समन्वय कायम गर्ने ।
  • केन्द्रबाट भए गरेका काम कार्वाहीको अद्यावधिक बिवरण र राय सुझावसहितको प्रतिवेदन केन्द्रका प्रमुख अधिकृतसमक्ष पेश गर्ने ।
  • केन्द्रको उद्देश्यपूर्तिको लागि महाशाखालाई तोकिएका अन्य कार्यहरु गर्ने ।
 
ताजा खवरहरु
Prime Minister Madhav Kumar Nepal
प्रधानमन्त्रीद्धारा अवलोकन भ्रमण
सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालद्धारा यस केन्द्रको अनामनगरस्थित कार्यालयको मिति २०६६ साल भाद्र १५ गते अवलोकन भ्रमण गर्नुभयो ।

अत्यन्त जरुरी सूचना

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम र्सार्वजनिक पदधारण गरेका व्यक्तिले र्सार्वजनिक पदधारण गरेको मितिले ६० दिन भित्र र हरेक आर्थिक वर्षसमाप्त भएको मितिले ६० दिन भित्र आफ्नो वा आफ्नो परिवारको नाउँमा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने प्रावधान रहेको र त्यस्तो सम्पत्तिको विवरण र आयको अनुगमन गर्ने जिम्मेवारी सोही ऐनको दफा ३८ को देहाय -ग) बमोजिम यस केन्द्रमा निहित रहेको छ । सो कानूनी प्रावधान बमोजिम यस केन्द्रले त्यसरी बुझाएको सम्पत्ति विवरणको हालसालै अनुगमन गर्दा कतिपय र्सार्वजनिक पदधारण गरेका व्यक्तिहरुमा त्यस्तो विवरण कुन निकायमा बुझाउनु पर्ने हो र कुन निकायले अद्यावधिक गरिराख्नु पर्ने हो भन्नेमा यदाकदा द्धिविधा देखिन आयो । तर्सथ कानूनद्धारा तोकिएको समयभित्र सम्बन्धित निकायमा सम्पत्ति विवरण बुझाउन सहज होस् भन्ने अभ्रि्रायले तत्काल गृह मन्त्रालयको मिति २०५९ भाद्र ३ गते -नेपाल राजपत्र भाग ३, खण्ड ५२ , संख्या १९) को सूचना बमोजिम देहायका र्सार्वजनिक पदधारण गरेका व्यक्तिहरुले देहायका निकायमा तोकिएको समय भित्र तोकिएको ढाँचामा सम्पत्ति विवरण बुझाउने व्यवस्था भएकोले सोही अनुसार सम्बन्धित र्सार्वजनिक पदधारण गर्ने व्यक्तिहरुले सम्बन्धित निकायमा समयमै सम्पत्ति विवरण बुझाउने र व्यवस्थित गरी राख्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सम्पत्ति विवरण कस्ले कहाँ बुझाउने --
Anand Prasad Adhikari

यस केन्द्रका टा.ना.सु.श्री आनन्द प्रसाद अधिकारीलाई आ.ब. २०६५।६६ को केन्द्रका कर्मचारीहरु मध्येबाट कार्यक्षमता तथा उहाँको लगनशीलताका आधार उत्कष्ठ कर्मचारीको रुपमा सम्मान गरीएको छ । उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

रुपन्देही जिल्लाको भैरहवामा, २०६६ बैशाख २४ गते भ्रष्टाचार विरुद्ध जनचेतना अभिबृद्धि गोष्ठी

रुपन्देही जिल्लाको भैरहवामा, २०६६ बैशाख २४ गते भ्रष्टाचार विरुद्ध जनचेतना अभिबृद्धि गर्ने प्रयोजनार्थ गोष्ठी सम्पन्न,

 
सुचनाहरु
सम्पत्ति विवरण अनुगमन सम्बन्धी प्रेस विज्ञप्ति

सम्पत्ति विवरण कस्ले कहाँ बुझाउने --

सूचीकृत गर्ने वारेको सूचना
 
नेपाल बारे जानकारी
राजधानी: काठमाण्डौं
क्षेत्रफल: १,४७,१८१ वर्ग कि. मी.
जनसंख्या: २,६७,६७,५४७ ( इ. सं. २००५ को तथ्याङ्क बाट)
बार्षिक प्रगति प्रतिवेदन २०६३/०६४
 
 
Best view on 1024 x 768 pixels
 मूख्य पृष्ठठेगानागुनासोप्रतिकृया प्रतिलिपी अधिकार २०६६ । राष्ट्रिय सतर्कता केन्दमा सुरक्षित रहने छ ।