स्थापनाका उदेश्य

भ्रष्टाचार रोकथाम वहुपक्षीय र वहुआयामिक विषय हो । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै सर्वोत्तम उपाय हो । सुशासनको प्रत्याभूति दिई समाजमा आर्थिक अनुशासन, नैतिक सदाचार र पारदर्शिता कायम राख्न भ्रष्टाचार निवारणा सम्बन्धमा समयानुकुल कानूनी व्यवस्था गर्न बनेको ऐन "भ्रष्टाचार निवारणा ऐन, २०५९" अनुरुप भ्रष्टाचार जन्य कार्यलाई प्रभावकारी रुपमा नियन्त्रणा तथा न्यूनिकरणा (Mitigation) गर्न, भ्रष्टाचार विरुद्ध नागरिक समाजको स्वस्फूर्त भ्रष्टाचार मुत्त चिन्तनलाई अभियानको रुपमा जनचेतना अभिवृद्धि गर्न सम्माननीय प्रधानमन्त्रीज्यूको प्रत्यक्ष रेखदेख र नियन्त्रणामा रहने गरी २०५९।४।२७ मा यस केन्द्रको स्थापना भएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ लागू भए पछि भ्रष्टाचार विरुद्ध निरोधात्मक तथा सचेतनात्मक कार्यहरु गर्न गराउन यस केन्द्रको स्थापना भै कार्य संचालन भई रहेको  छ । 
 
भ्रष्टाचार निवारणाको लागि जनता आफै सचेत हुनुपर्दछ । हाम्रो देशमा साक्षारताको स्तर ज्यादै न्यून छ । आफूले तिरेको तिरोबाट राज्य संचालन भएको सत्य तथ्य सम्म पनि सवै जनतालाइ थाहा छैन । यसरी सर्वसाधारणामा चेतनाको कमीले भ्रष्टाचार विरुद्धको जनमत अपेक्षीत रुपमा शसत्त भै  नसकेको हुदा राज्य आफैले आफ्ना जनताको पिर मर्का सुन्न, सरकारी काममा सुधार ल्याउन तथा भ्रष्टाचार हुन नपाउने अवस्थाको सृजना गर्न केन्द्र सत्रिय भई रहेको छ । यस केन्द्रले मूलत: सार्वजनिक क्षेत्रका विभिन्न तहमा हुने ढिलासुस्ती, प्रशासनिक तथा आर्थिक अनियमितता लगायत भ्रष्टाचारजन्य अन्य त्रियाकलापहरुको प्रभावकारीरुपमा नियन्त्रणा गरी सुशासनको प्रत्याभूति दिन निरोधात्मक (Preventive) र प्रवर्द्धनात्मक (Promotional) कार्यहरु गर्ने गरेको छ ।

पूरा हेर्नुहोस

महत्वपूर्ण सुचना