काम, कर्तब्य र अधिकार

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ बमोजिम यस केन्द्रलाई देहाय बमोजिम काम कर्तव्य तथा अधिकार सुम्पिएको छ ।

  • नेपाल सरकारका मन्त्रालय/विभाग/कार्यालय वा सार्वजनिक संस्थाबाट सम्पादन हुनुपर्ने कार्यहरु नियमितरुपमा भए नभएको बिषयमा सूचना संकलन गर्ने ।
  • नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थाबाट नियमितरुपमा हुनु पर्ने कार्य भएको नपाइएमा त्यस्ता निकायलाई सो बिषयमा सतर्क गर्ने ।
  • सार्वजनिक पदधारण गरेका व्यक्तिले प्रचलित कानून बमोजिम दिएको सम्पत्ती बिवरण र आयको अनुगमन गर्ने।
  • भ्रष्टाचार हुनसक्ने स्थान वा काममा नियमित निगरानी राख्ने, छड्के जाँच र अन्वेषण गर्न आवश्यक ब्यवस्था मिलाउने ।
  • भ्रष्टाचार नियन्त्रण सम्बन्धमा अपनाउनुपर्ने नीति, रणनीति र तत् सम्बन्धी कानूनमा कुनै सुधार गर्नुपर्ने देखिएमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने ।
  • नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थामा उजूरी पेटीका राख्ने ब्यवस्था मिलाउने ।
  • भ्रष्टाचारको रोकथाम गर्ने उद्देश्यले आवश्यकता अनुसार सम्बन्धित निकायलाई सुझाव वा निर्देशन दिने ।
  • भ्रष्टाचार सम्बन्धी कसूरमा अनुसन्धान गर्ने निकाय वा पदाधिकारीबाट भ्रष्टाचार सम्बन्धी आवश्यक बिवरण वा सूचना प्राप्त गरी अद्यावधिक गराई राख्ने ।
  • भ्रष्टाचार सम्बन्धी प्राप्त कुनै जानकारी सम्बन्धित निकायमा लेखी पठाउने ।
  • भ्रष्टाचार नियन्त्रण सम्बन्धमा आइपर्ने अन्य काम गर्ने वा गराउने ।
  • नेपाल सरकारले तोकेका अन्य काम गर्ने वा गराउने (यस अर्न्तर्गत सार्वजनिक निर्माण कार्यको प्राविधिक परीक्षण गर्ने गराउने कार्य गर्न यस केन्द्रलाई तोकिएको छ ।)

 

पूरा हेर्नुहोस

महत्वपूर्ण सुचना